Friday, December 3

महोत्तरीमा एक महिलाको ह’ त्या, अर्कीलाई मलमुत्र खुवाइयो

October 18, 2021 46

अझै पनि बो क्सी को आरोपमा महिलाहरु माथि घटना गराउने क्रम रोकिएको छैन । महोत्तरीमा एकै दिन २ घटना भएका छन् । एक महिलाको मृत्यु भएको छ भने अर्कीलाई मलमुत्र खुवाइएको छ । महिलालाई मलमुत्र खुवाई कपाल मुण्डन गरेर गाउँ घुमाइएको प्रहरीले जनाएको छ।

महोत्तरीको महोत्तरी गाउँपालिका ३ मडैकी ४२ वर्षीया शिलादेवी झाको मृत्यु भएको छ । सो घटनामा उनकै देवर ४२ वर्षीय संजय झा लाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती रिंकु झालाई टुनामुना लगाएको भन्दै संजयले असोज २८ गते बिहान ३ बजे घरमै सु ति रहेको बेला आफ्नै भाउजू शिलादेवीलाई ह थौ ड़ाले हा नेको प्रहरीले जनाएको छ । उनको मृत्यु भएपछि प्रहरीले देवरलाई पक्राउ गरेको हो ।

त्यसभन्दा एकदिन अघि बुधबार बिहान ३ बजेकै समयमा महोत्तरीकै जलेश्वर नगरपालिका ४ सुगा गाउँकी ४२ की सुकमरिया देवीलाई बो क्सी भन्दै मलमुत्र खुवाई कपाल मुण्डन गरिएको थियो । बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा स्थानीय सिकिन्दर महत्तो समेतले सुकमरियालाई त्यस्तो गरेका हुन् ।

प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बितिकै सिकिन्दर महत्तोकी छोरी १३ वर्षीया काजल कुमारी रुन थालिन्। सोही बेला सिकिन्दरसमेतले सुकमरिया देवीलाई बो क्सी को आरोप लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले सो घटनामा पनि अनुसन्धान थालिएको बताए।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिकिन्दर, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महत्तो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महत्तो, २० वर्षीय अनिल महतोलाई पक्राउ गरेको छ। तीनैजनालाई प्रहरीले आइतबार सार्वजनकि गरको छ।

प्रतिकृया दिनुहोस्