Tuesday, June 15

नायक किशोर खतिवडा आफुलाई गर्भवती बनाए भन्दै आरोप लगाउने लक्ष्मी गदाललाई भेट्न पुगे, भयो यस्तो बबाल (भिडियो हेर्नुस्)

April 15, 2021 284

नायक किशोर खतिवडालाई आफ्नो श्रीमान दावी गरेकी महिला र किशोर आमने सामने भएका छन् । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि एक महिलाले श्रीमान दावी गर्दै अहिले धो का दिएको बताएकी छन् । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वजनिक भएका छन् ।

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आरोप लक्ष्मी गदालले लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा समस्या आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफुलाई अन्याय गरेको आरोप लगाएकी हुन् ।

उनले यस्तो आरोप लर्गापछि खण्डन गर्न उनी पनि मिडियामा सार्वजनिक भएका हुन् । गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मागेपछि दिएको उनले बताइन् । त्यस पछि उनले विभिन्न बहानामा पैसा माग्न लागे । उनले देशको एउटा चिनिएको कलाकार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् ।

यतिका पैसा लिइसक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न थालेको बताएकी छन् । तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र क्सी पसलमा बुझाएकी थिइन् । यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता चप्पल सबै आफुले नै किनिदिएको पनि दावी गरेकी छन् । लक्ष्मी पटक पटक गर्भवती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग र्भ प त न गराएको लक्ष्मीको दावी छ । ̍

प्रतिकृया दिनुहोस्