Tuesday, September 21

पूर्वराजा ज्ञानेन्द्र शाह पनि कोरोनाको जोखिममा, उनी सहभागी कुम्भ मेला बन्यो कोरोनाको हटस्पट

April 15, 2021 144

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि कोरोनाको जोखिममा परेका छन् । उनी यतिबेला भारतको हरिद्धारमा महाकुम्भ मेलामा सहभागी हुन पुगेका छन् । मेला सुरु भएपछि भारत पुगेका उनी त्यहाँ विभिन्न ब्यक्तित्वसंग भेटघाटमा ब्यक्त छन् । उनी सहभागी भएको कुम्भ मेलामा हालसम्म १२ सय ७८ जना मानिसहरु कोरोना भाइरसबाट संक्रमित बने पछि पूर्वराजा ज्ञानेन्द्र पनि कोरोनाको जोखिममा परेका छन्।

भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा ज्ञानेन्द्र शाहलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो। उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनलाई स्वागत गरेका थिए । मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरस पुष्टि भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशमा मुख्यमन्त्री कार्यालयका थुप्रै अधिकारी र कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । त्यसपछि मुख्यमन्त्री योगी आदित्यनाथले आफूलाई आइसोलेट गरेका थिए । तर उनलाई पनि गरिएको परिक्षणमा कोरोा पुष्टि भएको हो ।हाल सोही मेला कोरोना भाइरसको हटस्पट बनेको देखिएको छ। दुई महिनासम्म चल्ने यो मेलामा अहिले सम्म १२७८ मा कोरोना पुष्टि भइसकेको हो।

मेलाका क्रममा भक्तजनहरुले गंगा नदीमा स्नान गरेर पाप पखाल्ने विश्वास गरिन्छ। मेलामा यसैहप्ताको मंगलबार एकैदिन मात्र ३० लाखले स्नान गरेका थिए।टाइम्स अफ इन्डियाका अनुसार भीडमा रहेर लाखौंले एकैदिन स्नान गर्न थालेपछि यहाँ कोरोना तीव्र रुपमा देखिएको छ। समय बाँकी रहेकाले अझै लाखौं मानिसले यहाँ आएर स्नान गर्नेछन्। उसैपनि भारत अहिले कोरोना भाइरसको केन्द्र हो।

प्रतिकृया दिनुहोस्