Friday, December 3

म्यान्मार सैनिकद्वारा नेपालीभाषी दम्पतीको गोली हानी हत्या,श्रीमान श्रीमतीको यस्तो दु:खदपूर्ण मृत्यु

April 15, 2021 357

म्यान्मारका सुरक्षाकर्मीको गो’ ‘ली प्र’हा’रबाट नेपालीभाषी दम्पत्तिको निधन भएको छ । मंगलबार बिहान उनीहरुको शव नजिकको सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।नेपाल प्रेसका अनुसार मा’ रिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया छिन् । गोर्खा समुदायसँग आबद्ध उनीहरुले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेका थिए ।

भारत सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको ह’ ‘त्या भएको जनाइएको छ । मा’रिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने तयारी गर्दै थिए ।उनीहरुको शवलाई त्यहाँका केही समाजसेवी समूहले उद्दार गरेर नजिकको अस्पताल लगेका थिए । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनीहरुका एक छोरी र दुई छोरा थिए ।म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा मा’रिनेको संख्या ७ सय नाघेको छ ।

प्रतिकृया दिनुहोस्