Tuesday, October 26

यस्तो अवस्थामा सातमहिने शिशु र युवकको शव फेला

September 28, 2021 43

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो ।

आज बिहान करिब १०ः०० बजे पोखरीमा सातमहिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मा र्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

दुवै शवको अहिलेसम्म पहिचान खुलेको छैन । दुवै शव अहिले मलङ्गवा अस्पतालमा राखिएको छ । दुवै शवका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठो’क्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा४ख ६२२० नंको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्