Monday, December 6

सोमवार फोर्स ल्यान्डिङ गरिएको जहाजमा के भएको थियो ? पाइलट विदामा बसे इन्जिनियरले जाँच गरेपछि फेरी उड्यो जहाज

September 28, 2021 74

सोमवार समस्या देखिएर दुई घण्टा आकासमा फन्को मारेपछि फोर्स ल्यान्डिङ गरिएको जहाजले मंगलवार देखि नियमित उडान गरेको छ । सोमवार ल्याण्डिगं गियरमा समस्या देखिएको भनिएको थियो । त्यसपछि प्राविधिक इन्जिनियरहरुले सो जहाजको जाँच गरेका हुन् । सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज काठमाडौ फर्किएको थियो ।

दुई घण्टा आकासमा फन्को लगाएपछि अवतरण भएको जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ । बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठका अनुसार उडानका क्रममा ल्यान्डिङ गियरको ुप्राइमरी इन्डिकेटरुमा समस्या देखिएपनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटी नभेटे पछि नियमित उडान सुरु गरिएको हो ।

धेरै पटक जहाजको जाँच गरिएको उनले बताएका छन् । सोमवार जहाजलाई विमानस्थलको ह्यांगरमा राखिएको थियो । सबै जाँच गरेपछि मंगलवार उडानमा फर्कायौं इन्जिनियर श्रेष्ठले भने । इन्जिनियरले जहाज ठिक भएको रिर्पोटिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपछि उक्त जहाजलाई उडानका लागि अनुमति दिइएको हो ।

सोमबारको विराटनगरको उडानमा संलग्न क्याप्टेन आङ गेलु शेर्पा, को(पाइलट अमन अन्सारी र दुई जना एयरहोस्टेसलाई ‘डियुटी अफ’ मा राखिएको छ ।

प्रतिकृया दिनुहोस्