Monday, October 18

अन्तत झुके माधव नेपाल, ओलीले बोलाएको बैठकमा आफ्ना पक्षका सबै नेतालाई लिएर जाने

March 26, 2021 332

पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएका बेला नेकपा एमालेको माधव पक्षले प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा जाने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेकपा एमालेको संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूह सहभागी हुने या नहुनेबारे चासो रहेको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्ट रहँदै आएको नेपाल समूहले विगतका केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गर्दै आएको थियो । तर, ओलीले कठोर निर्णय लिने थाहा पाएको उक्त पक्ष अब बैठकमा भने सहभागिता जनाउने बुझिएको छ ।

माधव नेपाल निकट सांसद सोमप्रसाद पाण्डेले बैठकमा सहभागी हुने बताए । उनले पत्रकारसँग कुरा गर्दै आफूहरु संसदीय मूल्य मान्यता अनुरुप चल्ने भएकाले बैठकमा सहभागी हुने जानकारी दिए । पाण्डेले कुनै हालतमा एमाले फुटाउन नलागेको प्रष्ट पारे । एकताको पक्षमा उभिएर सशक्त रुपमा संघर्ष गर्ने समेत बताए ।

यसअघि नेता माधव नेपालले आफू पक्षका कार्यकर्तालाई नआत्तिन र धैर्य गर्न भनेका थिए । उनले ओलीलाई परास्त गरेरै छाड्ने दृढता व्यक्त गरेका थिए । तर, पछिल्लो समय माधव नेपाल निक्कै कमजोर हुँदै गएका छन् । एमाले केन्द्रिय सदस्य र सांसदहरु ओलीतिर जान थालेपछि माधव नेपाल समुह के गर्ने भन्ने अन्योलमा रहेको छ ।

नेकपाको औपचारिक बिभाजनपछि केपी ओली तिर भन्दा माधव पक्ष प्रचण्डतिर नजिक रहेको पाइएको छ । उनीहरु केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन लागि परेका छन् ।

प्रतिकृया दिनुहोस्