Saturday, June 19

ओलीले पार्टीबाट निस्कासन गर्ने भएपछि माधव नेपाल प्रचण्डको पार्टी माओबादीमा फर्किने अन्तिम तयारी

March 26, 2021 88

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अब पुष्पकमल दाहाल प्रचण्डकै पार्टीमा फर्कनुहुने भएको छ । बिहीबार विकसित घटनाक्रमले नेता नेपाल प्रचण्डकै पार्टीमा फर्कनुहुने प्रष्टिएको हो ।

एमालेले माधवसहितका केही नेतालाई तीन दिन अघि स्पष्टिकरण सोधेको थियो । उहाँहरुले आज एमालेकै भण्डाफोर गर्ने उद्देश्यसाथ स्पष्टिकरणको जवाफ दिनुभएको हो । माधवहरुले दिनुभएको स्पष्टिकरणमा एमालेमा केपी शर्मा ओलीको नेतृत्व मानेर कुनै हालतमा नबस्ने, बरु प्रचण्डकैमा फर्कने राजनीतिक आशय लेखिएको छ ।

माधव लगायतका नेताहरुले पार्टीमा नयाँ मेलमिलाप थालनी गर्ने उद्देश्यसाथ स्पष्टिकरणको जवाफ दिनुहुने एमाले संस्थापनको अपेक्षा थियो । त्यस विपरित उहाँहरुले प्रचण्डलाई छाड्न नसक्ने, ओलीलाई मान्न नसक्ने प्रष्ट पार्दै लिखित जवाफ फर्काउनुभएको हो ।

एमाले र माओवादी केन्द्र पुनस्थापित भएपछि नेता नेपालले प्रचण्डसँग छुट्टिएर एमालेमै फर्कने घोषणा गर्नुभएको थियो । तर, घोषणा मुताबिक आफ्नो पूरानो पार्टी अर्थात् एमालेमा प्रवेश नगरी आँगनबाटै प्रचण्डकोमा फर्कन लाग्नुभएको हो ।

वैधानिक रुपमा एमालेकै सदस्य रहे पनि माधवले प्रचण्डसँग सम्बन्ध विच्छेद गर्नुभएको थिएन । बरु, प्रचण्डसँग झन्झन् नजिकिँदै जानुभएको थियो । माधवसहितका नेताहरुले एमालेलाई ध्वस्त पारेर आफ्नै तिर फर्कने घोषणा प्रचण्डले गर्नुभएको थियो । प्रचण्डको घोषणा मुताबिक माधवहरुले एमालेलाई फुटाउन समानान्तर कमिटीहरु समेत बनाइरहनुभएको थियो ।

त्यसपछि एमालेले माधवसहितका नेताहरुलाई स्पष्टिकरण सोधेको थियो । एमाले केन्द्रीय समिति र संसदीय दलको बैठक माधवहरुले बहिष्कार गर्नुभएको थियो ।एमालेले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । बैठकको अघिल्लो दिन माधवहरुले स्पष्टिकरणको जवाफ दिनुभएको हो । पठाइन लागेको स्पष्टिकरणको ड्राफ्ट बोकेर माधवले प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई भेट्नुभएको थियो । व्यापारी चन्द्रलाल श्रेष्ठको कोटेश्वर स्थित घर पुगेर माधवले प्रचण्ड र नारायणकाजीसँग एमालेलाई दिइने स्पष्टिकरणमा सल्लाह लिनुभएको थियो ।

प्रचण्ड र नारायणकाजीसँग सल्लाह गरिसकेपछि एमालेलाई पठाइने स्पष्टिकरणलाई अन्तिम रुप दिइएको बुझिएको छ ।नेता नेपाल एमालेस्थापनाकालदेखिकै नेता हुनुहुन्छ । उहाँको साथ लागेर एमालेका केही नेताहरु पनि प्रचण्डको पार्टीमा जाने आशंका गरिएको छ । यो खबर सनराइज खबरले लेखेको छ ।

प्रतिकृया दिनुहोस्