Tuesday, October 26

रोजिनाको मृत्यु भएको ३ दिन पछि बल्ल खुल्यो उनले संसार छोड्नुको कारण

September 21, 2021 87

मोरङको सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्ले र उर्लाबारी नगरपालिका दुर्गापुरीकी रोजिना गिरीले गत वर्षमात्र आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका थिए । सामाजिक सञ्जाल फेसबुकबाट भएको चिनजानलाई विवाहमा रूपान्तरण गरेको एक वर्ष पनि पुग्न नपाउँदै पति–पत्नीबीचको बिछोड भएको छ । विनोद विवाह गरेर रोजिनालाई घरमा राख्दै वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए ।

त्यहाँ काम गरिरहेका उनले शनिबार बेलुका रोजिनासँग फोनमा कुरा गरे । रोजिना पनि शनिबार सलकपुर बजारमा किनमेल गरेर फर्किएकी थिइन् । विनोदसँगको कुराकानीमा रोजिनाले पटक–पटक आफू पी डामा रहेको भन्दै देहत्याग गर्ने निर्णय सुनाइन् ।

रोजिनाले पी डाको विषयबारे कुरा गरिनन् । देहत्याग गर्ने रोजिनाको निर्णबारे सुरुमा त विनोदले विश्वास गरेनन् । तर पटक–पटक उनले म म र्छु भनेपछि विनोदले सम्झाए । अनेकन आग्रह गरे । तर रोजिनाले ढिपी कसिरहिन् । कुराकानीपछि विनोद सुते । बिहान फोन गरे । उठेन । म्यासेज पठाए । जवाफ पाएनन् । अनि अकाउन्ट खोलेर हेरे । त्यहाँ पनि अनलाइन पाएनन् ।

एकैछिनमा परिवारबाट फोन आयो । परिवारले रोजिना रहिनन् भन्दा विनोद छाँ’गाबाट ख’सेज’स्तो भए । अनि उनलाई परिवारले रोजिनाको माइतीपक्षमा सूचना पुर्‍याइदिन भने । विनोदले सोहीअनुसार माइती पक्षसँग कुरा गरे । उनीहरूको दुई परिवारबीच सम्धीभेटसमेत भएको थिएन । यसैले उनीहरूबीच प्रत्यक्ष कुराकानी हुन नसकेको बताइन्छ ।

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा आफ्नै घरको कोठाभित्र मृतावस्थामा फेला परेकी २४ वर्षीया रोजिना गिरीको माइतीपक्षले कि’टा’नी जाहेरी दिने तयारी गरेका छन् ।

रोजिना आइतबार बिहान ७ बजेतिर कोठाभित्र चु’कु’ल ल’गाएको अवस्थामा मृतावस्थामा फेला परेकी थिइन् । सुन्दरहरैँचा– ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान स’ल’को पा’ ‘सो लगाएर झु ‘ण्डि’एको अवस्थामा भेटिएको थियो । मृतक रोजिनाको अनुहारमा नि’ ‘ल डा’ ‘म छ भने श’री’रमा पनि चो’ ‘ट देखिएको बताइएको छ ।

आइतबार नै शव पो’स्टमा’र्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए । उनका अनुसार शवको पो’स्टमा’र्टम हुनेछ । रिपोर्ट आएपछि घटनाको विवरणबारे जानकारी पाइने उनले बताए ।

शवको प्रकृति हेर्दा देहत्याग गरेको हुनसक्ने उनले जानकारी दिए । कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घो’ ‘प्टो प’रेको अवस्थामा मृत भेटिएको उनको भनाइ छ । शरीर लो बे’डमा रहेको भएपनि फे ‘नमा स’ ‘ल बाँ’धि’ए’को र कोठाको चु’क्कु’ल भित्रबाट लगाएको पाइएकाले देहत्याग गरेको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले भने झु ‘ण्डि’ए’का कारण र’ग’त सो’हो’रि’ए’र नि’ल’डा’म हुनसक्ने जनाएको छ ।

यता, माइतीपक्षले भने रोजिनाको देहत्याग नभइ ह’ ‘त्या भएको हुनसक्ने आ’श’ङ्का गरेको छ । अनुहारमा नि’लडा’म प्रष्ट देखिएको र शरीरमा पनि डा’म देखिएकाले देहत्याग नभइ ह’ ‘त्या हुनसक्ने माइतीपक्षको आ’श’ङ्का छ । हालैमात्र घर बेचेको र सो पैसामा कि’च’लो हुँदा उनको ह’ ‘त्या भएको माइती पक्षको दाबी छ ।

नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आमाजु र जेठानीको कु’ट’पि’ट’को कारण निधन भएको बताएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले फेसबुकमा राखेको उक्त सामाग्री २१७ पटक शेयर भैसकेको छ ।

मृतकको शव ओछ्यानमा घो’ ‘प्टो परेको अवस्थामा फे’ला परेको र श’री’रमा पनि नि’ल’डा’म देखिएको हजुरबुवा यामकुमार गिरीले बताए । माइती पक्षले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरुद्ध कि’टा’नी जाहेरी दिने तयारी गरेका छन् ।

रोजिनाको एक वर्षअगाडि मात्र विनोद काफ्लेसँग विवाह भएको थियो । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा छन् । उनी आजै स्वदेश फर्किँदै गरेको वडाध्यक्ष न्यौपानेले जनाए । उनले घरायसी झ’ग’डा भएको कुरा छिमेकीबाट पनि सुनेको बताए ।

प्रतिकृया दिनुहोस्