Friday, December 3

कोटेश्वरमा प्रचण्ड माधव समुहको गोप्य छलफल, माधव पक्षका अधिवक्ता शम्भु थापाले माओवादीलाई गर्दैछन् यस्तो सहयोग

March 25, 2021 180

सर्वोच्च अदालतले नेकपा भंग गरी एमाले र माओवादी केन्द्र ब्युझाइ दिएको लामो समय वितिसक्दा पनि नयाँ सत्ता समिकरणका लागि वातावरण बन्न सकेको छैन । संसद पुनस्र्थापना पछि नयाँ सरकार बन्ने अनुमान गरिएको थियो । तर नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार नहुँदा नयाँ सत्ता समिकरण बन्न सकेको छैन ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीवाट राजिनामा दिनुपर्ने माग राख्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच फेरी छलफल सुरु भएको छ । उनीहरु बिहीबार पनि छलफलमा जुटेका छन् । कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच बैठक भएको स्रोतले जनाएको छ ।

सर्वोच्चको फैसलाले एकता भंग गरिदिएपछि त्यस विरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाने भएका छन् । त्यसका लागि पनि माधव पक्ष निकट मानिने अधिवक्ता शम्भु थापाले माओवादीलाई सहयोग गरेका छन् । थापाले पुनरावलोकनको फिराद लेख्नेलगायतका सबै काम गरिरहेका छन् ।

एमालेको माधव नेपाल पक्षले सर्वोच्चको फैसला राजनीतिक र अचम्मको भएको टिप्पणी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने बताइरहेको छ । यसै सन्दर्भमा छलफल गर्न नेताहरूबीच बैठक भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

संसद पुनस्र्थापना पछि पनि देउवा प्रधानमन्त्री बन्नका लागि तयार नहुनुमा विदेशी शक्तिको हात रहेको आशंका प्रचण्ड र नेपाल समुहले गरेका छन् । जसपाले पनि सरकार समिकरणका लागि ठोस निर्णय लिन सकेको छैन । सो पार्टी प्रधानमन्त्री ओली र विपक्षी दलहरुसंग परामर्शमा छ ।

प्रतिकृया दिनुहोस्